प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर राजिनामा दिन बाध्य बनाएकी रोशनी शाहीले अहिले उल्टै पत्रकारलाई नै दोष दिँदै महराले आफूलाई बलात्कार नगरेको भन्दै कुरा फेरेकी छन् । नागरिक खबर डटकम अनलाइनले यो समाचार प्रकाशित गर्दै भिडियो केही छिनमा सार्वजनिक गर्ने बताएको छ । हिजो, शाहीले हाम्रा कुरा डटकमसँग आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिईन् । हाम्रा कुरा डटकमले पनि सुरुमा न्यूज प्रकाशित गरेर पछि भिडियो सार्वजनिक गरेको थियो । अहिले फरक अनलाइन मार्फत रोशनीले पत्रकारलाई नै दोष दिँदै आफूलाई यूटर्न गरेकी छन् । उनी फेसबुकमा हरेक समाचार अपडेट गर्दै बसेकोमा अहिले फेसबुक पनि डिएक्टिभेट गरेकी छन् । प्रचण्ड पुत्री रेणु दाहाललाई चरित्रहीन भन्दै पोष्ट गरेकी उनले पटक पटक माओवादीको खेदो खन्दै स्टाटस समेत लेखेको फेसबुकमा भेटिएको छ ।
नागरिक खबर डटकमले लेखेको छः
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।
नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’
शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताइन् । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’
https://www.facebook.com/pokharalover/videos/247392399488741/
उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन् । ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन्’, शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’
शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् ।
रोशनी शाहीसँगको भिडियो कुराकानी केहीबेरमा। यसका लागि नागरिकखबर डटकम हेर्नुहोला ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ