सल्यान जिल्लामा उमेर नपुगी बिवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीमा विवाह गरिरहेको अवस्थामा मण्डपबाटै बेहुला बेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्। बेहुला लोकबाहादुर बोहराको घरमा बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुवा ४१ वर्षीय लोकबहादुर बोहरा र उनकी श्रीमती माया बोहरालाई पक्राउ गरेको हो। यस्तै बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुवा ४२ वर्षीय रत्नबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिवाह गराउने पण्डित कुशे नगरपालिका ९ जाजरकोट घर भएका २५ वर्षीय नबिन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।उमेर नपुगी बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाई छ।
पक्राउ परेका सवैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकोले यसको न्युनिकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने खतिवडाले जानकारी दिए।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख