बस दुर्घटना हुँदा , चालकसहित ११ को मृत्यु, पचासभन्दा बढी घाइते !!

बस दुर्घटना हुँदा , चालकसहित ११ को मृत्यु, पचासभन्दा बढी घाइते !!

Sindhupalchok_accident_cover

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तीमा ११ पुगेको छ । घटनास्थलमा ५ जनाको शव फेला परेको छ भने धुलिखेल अस्पतालमा २ जना पुरुष, २ जना महिला र १ बालकको शव राखिएको छ। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। करीब ७० जना सवार भएको उक्त बस दुर्घटना हुँदा पचासभन्दा बढी घाइते भएका छन् ।

बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी गराए।

इन्द्रावति गाउपालि वडा १० मा सिमाटारबाट काठमाडौं जाँदै गरेको बस सडकबाट ५०० मिटर तल खस्दा दुर्घटना भएको हो।

क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको समेत उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ