ओखलढुंगा – ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विवेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ ।
श्रीमती र बच्चासहित गत असोज १९ गते महाअस्टमीको दिन झापादेखि ओखलढुंगासम्म आएका परियारका दाजुभाइलाई मिलनचौक देखी स्थायी घर चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर उनीहरूले कुटपिट गरेका थिए ।
कुपटिपबाट परियार दाजुभाइको आँखा, टाउको लगायतका शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरूको समूहले विनोदका श्रीमतीलाई जिस्काएपछि उनिहरुबीच विवाद सुरु भएको थियो । त्यसपछि केही समयको विवादपछि उनीहरू मिलेर स १ ज ५५२ नम्बरको गाडीमासँगै पोखरेतर्फ लागेका थिए ।
तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरूले गाडी रोकेर प्रहरी जवान विनोद र उनका भाइ निरकुमारलाई बाहिर निकाली मरणासन्न हुने गरी कुटपिट गरेर झन्डै २० मिटर तल झाडीमा फ्याँक्दिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।
विनोदका श्रीमतीले आफ्ना श्रीमान् र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लागेको प्रमुख मल्लको भनाई छ । परियार दाजुभाइमाथि मुक्का,रड,ढुङ्गा लगायत बस्तु प्रहार भएको प्रहरीको अनुमान छ ।
कुटपिटमा १० देखी १२ जना युवाहरूको संलग्नता रहेको भए पनि ६ जना पक्राउ परेको र अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष