Gandak News
Our News Your Views
Trade Mall
Lets

बन भित्र लगेर यात्रुमाथि जबर्जस्ती करणी ! अटो चालक प्रहरी नियन्त्रणमा

Loading...

कञ्चनपुर । यात्रु युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका ७ का ३१ वर्षिय अटो चालक भरत सिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार राती साढे नौ बजेतिर अटो चालक महराले पुनर्वास ९ कि १८ वर्षिया एक युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले महरालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ । युवतीलाई भने सेभ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

महिलाले गुहार मागेपछि स्थानीयले खोजी गरी अटो चालक महरालाई प्रहरी समक्ष बुझाएको र उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

दशैँको टीका लगाएर माइतीघरबाट आफ्नो घर फर्किदा डोकेबजारदेखि ती युवती अटोमा बसेकी थिइन् । अबेर रातिको समयमा एक्लै युवती भएको मौका छोपी सामुदायिक बन भित्र लगेर महराले जबर्जस्तीकरणी गरेको आरोप लागेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको