काठमाडौं – नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुने गरेको बताइन् । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ ।
पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष