कठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले ट्रम्प र पुटिनलाई नेपालको भ्रमणमा आमन्त्रण गर्न सरकार प्रयासरत रहेको बताएका हुन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनको स्वागत र सुरक्षाका लागि नेपाल तम्तयार रहेको बताए ।
विश्वभरका नेतृत्वलाई नेपाल भ्रमण गराउने नीति अनुरुपम उनीहरुलाई सरकारले आमन्त्रण गर्न लागेको जानकारी दिए ।
‘शक्ति राष्ट्रहरुका राष्ट्र प्रमुखलाई भ्रमणमा ल्याउन हामी प्रयासरत छौं । यो हाम्रा लागि खुशीको कुरा पनि हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पको नेपाल भ्रमणबारे भइरहेका प्रयासका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै बाँस्कोटाले भने, ‘डेट कसैको तोक्न सक्दैनौं । यो आ–आफ्नो अनुकूलताको कुरा हुन्छ ।’ उनले सगरमाथा संवादमा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा दिने जानकारी दिँदै उनीहरु आएमा नेपालका लागि खुशीको कुरा हुने बताए । मन्त्री बाँस्कोटाले अमेरिकी या रुसी राष्ट्रपतिको नेपाल भ्रमणबारे औपचारिक निर्णय नभएको पनि स्पष्ट पारे । उनले हालै भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हरेक हिसाबले ऐतिहासिक भएको बताए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण