काठमाडौं – गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।
थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । साथै उनले नयाँ भर्सनमा गीत समेत सार्वजनिक गरेका छन् ।
‘मेरो गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानलबाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’ दुर्गेशले विज्ञप्तिमार्फत भनेका छन् ।
उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
‘यो गीत अन्य कसैले कपी गरी प्रसारण नगरिदिनु हुन समेत सार्वजनिक रुपमा अनुरोध छ,’ उनको आग्रह छ । यद्यपि सो गीत युट्युबमा अरुले अपलोड गरिएको भने भेट्न सकिन्छ । मोडल तथा गायक थापाले ‘अञ्जानवश’ नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द प्रयोग गरिएको बताएका छन् ।
गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त गीत विवादमा आएपछि उनले युट्युबमा उक्त गीतमा कमेन्ट गर्ने सुविधा नै हटाएका थिए । गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।
नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष