मूल सडकमै घर भत्कियो, तीनजना घाइते

मूल सडकमै घर भत्कियो, तीनजना घाइते

ghar vatkyoo

कठमाडौं – चाबहिलस्थित मूल सडकमै घर भत्किएको छ। बुधबार दिउँसो भत्किएको उक्त घरमा मानिस पुरिएको समेत आशंका गरिएको छ।

भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए। उनका अनुसार चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो।

केही दिनअघिबाट क्रेन प्रयोग गरी चारतले पुरानाे घर भत्काउन थालिएको थियो। तर, आज भत्काउन थालिएको उक्त घर ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ। ३ जना घाइतेलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ