पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले जिल्लाको दुई नम्बर क्षेत्रमा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी हुन् ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा विद्याको नाम मात्र सिफारिस गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको नेकपा कास्कीका एक नेताले जानकारी दिए ।
फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ । अधिकांशको आशा अनुसार नै पत्नी विद्या अब नेकपाबाट उम्मेदवार हुने निश्चित भएको छ ।
जिल्लाले केन्द्रीय नेताहरुको सहमतिमै औपचारिक प्रक्रिया थालनी गरेकाले विद्याकै नाम केन्द्रले अनुमोदन गरी घोषणा गर्ने बुझिएको छ । यसअघि, नेता बामदेव गौतमसहित जिल्लाकै अग्रज नेताहरुको नाम चर्चामा आएपनि सर्वसम्मत नाम सिफारिस भएपछि विद्या नै फाइनल भएकी हुन् ।
विद्याले उम्मेदवारीमा दावी नगरेपछि उम्मेदवार छनोटका लागि सत्तारुढ दल नेकपालाई सकस परेको थियो । उनी अझै मौन छिन् । उम्मेदवारीको बारेमा पार्टीको केन्द्रीय नेतृत्वले विद्यालाई नसोधेको कारण पनि विद्या मौन थिईन् ।
पूर्व सांसद तथा नेकपा नेता सोमनाथ प्यासी, रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य, केन्द्रीय सदस्य भीम कार्की, नेकपा कास्कीका सहइन्जार्च श्रीनाथ बराल, पूर्वसांसद तुलबहादुृर गुरुङ लगायत नेकपा जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ को नाम समेत आईरहँदा सर्वसम्मत विद्याको नाम सिफारिस भएको हो ।
कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचन हुने देशकै एकमात्र क्षेत्र हो । त्यसैले पनि यो सबैभन्दा बढी चर्चा र धेरैको चासोको क्षेत्र बनेको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै जितेको थियो । वडा नम्बर ४, ९, ११ मा भने कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।
साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेर उम्मेदवारी घोषणामा पहिलो बनेको छ । तर, काँग्रेसले भने अहिलेसम्म घोषणा गर्न सकेको छैन । यसअघि, निकटतम प्रतिद्वन्द्वी बनेका यही क्षेत्रका देवराज चालिसेको पक्षमा बहुमत जुटेपनि १६ जनाको नाम केन्द्रमा सिफारिस गरेर तमासा देखाएको छ । देवराजले अझै साढे २ वर्ष आफू क्षेत्र हेर्ने दायित्व रहेको बताउँदै आएका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’