पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले जिल्लाको दुई नम्बर क्षेत्रमा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी हुन् ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा विद्याको नाम मात्र सिफारिस गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको नेकपा कास्कीका एक नेताले जानकारी दिए ।
फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ । अधिकांशको आशा अनुसार नै पत्नी विद्या अब नेकपाबाट उम्मेदवार हुने निश्चित भएको छ ।
जिल्लाले केन्द्रीय नेताहरुको सहमतिमै औपचारिक प्रक्रिया थालनी गरेकाले विद्याकै नाम केन्द्रले अनुमोदन गरी घोषणा गर्ने बुझिएको छ । यसअघि, नेता बामदेव गौतमसहित जिल्लाकै अग्रज नेताहरुको नाम चर्चामा आएपनि सर्वसम्मत नाम सिफारिस भएपछि विद्या नै फाइनल भएकी हुन् ।
विद्याले उम्मेदवारीमा दावी नगरेपछि उम्मेदवार छनोटका लागि सत्तारुढ दल नेकपालाई सकस परेको थियो । उनी अझै मौन छिन् । उम्मेदवारीको बारेमा पार्टीको केन्द्रीय नेतृत्वले विद्यालाई नसोधेको कारण पनि विद्या मौन थिईन् ।
पूर्व सांसद तथा नेकपा नेता सोमनाथ प्यासी, रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य, केन्द्रीय सदस्य भीम कार्की, नेकपा कास्कीका सहइन्जार्च श्रीनाथ बराल, पूर्वसांसद तुलबहादुृर गुरुङ लगायत नेकपा जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ को नाम समेत आईरहँदा सर्वसम्मत विद्याको नाम सिफारिस भएको हो ।
कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचन हुने देशकै एकमात्र क्षेत्र हो । त्यसैले पनि यो सबैभन्दा बढी चर्चा र धेरैको चासोको क्षेत्र बनेको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै जितेको थियो । वडा नम्बर ४, ९, ११ मा भने कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।
साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेर उम्मेदवारी घोषणामा पहिलो बनेको छ । तर, काँग्रेसले भने अहिलेसम्म घोषणा गर्न सकेको छैन । यसअघि, निकटतम प्रतिद्वन्द्वी बनेका यही क्षेत्रका देवराज चालिसेको पक्षमा बहुमत जुटेपनि १६ जनाको नाम केन्द्रमा सिफारिस गरेर तमासा देखाएको छ । देवराजले अझै साढे २ वर्ष आफू क्षेत्र हेर्ने दायित्व रहेको बताउँदै आएका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु