गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेपालमा आयोजना हुने १३ औं दाक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ६३ लाख रुपैंया बराबरको दुवो भारतको कलकत्ताबाट आयात भएको छ । साग लक्षित मैदानका लागि शुक्रबार ३० हजार स्क्वायर फुट दुवो आइपुगेको हो । यो सहित करिब ८२ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिएको निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिएका छन ।
अव रंगशालामा लाग्ने आवश्यक दुवोको नाप जाँच गरेर केही दिन भित्र आयात हुने उनले जानकारी दिएका छन ।मैदानमा ८५ हजार स्क्वायर फुट दुबो आवश्य रहे पनि भारत बाट आयात गर्दा विग्रेको दुबो समेतलाई सट्टा भर्ना गर्ने दुवो निर्यात गर्ने कम्पनीलेनै प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘हामीले करिब करिब मैदान भित्रको दुबो रोप्ने काम सकेका छौं’ उनले भने–‘जुन काम निकै महत्वको र चुनौतीपूर्ण थियो ।’ मैदान भित्र रोपिएको दुबोको लागि भारत बाटनै निर्यात गर्ने कम्पनीका दुई जना प्राविधिकहरु खटिएका छन ।
उनीहरुले समेत १५ दिन भित्र मैदान तयार भइसक्ने जानकारी दिए ।निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिएका छन । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न तिन देखि चार दिन लाग्ने उनले बताए । यहि कार्तिक ११ गते भारतको विशाखापट्नम वन्दरगाहमा ग्राण्ड स्टाण्डका सामाग्री आइपुग्ने उनले जानकारी दिए ।
हाल पोखरा रंगशालामा ८–१० हजार सिट क्षमताका ए, बि र सि गरि तिन वटा ग्यालेरी अबको तिन सातामा तयार भइसक्ने र सो को लागि १२ वटा शौचालयहरुको काम समेत सकिने उनले जानकारी दिए ।पोखरा महानगर पालिकाका प्रमुख एवम १३ औं साग पोखरा सहजिकरण समितीका सदस्य मानबहादुर जिशी शुक्रबार दुवो पोखरा रंगशालामा रोप्न पुगेका थिए ।
उनले भारत बाट आयातित दुबोको निरिक्षण समेत गरेका थिए । उनले आफ्नो प्रतिक्रिया दिंदै १३ औं सागका लागि जति सक्दो छिटो काम सक्नुपर्ने थियो त्यो नभएकोमा चिन्ता व्यक्त गर्दै भने–‘काम सक्न निर्माण कम्पनीले निकै उत्साह देखाएको छ तर जति छिटो काम सम्पन्न हुनु पथ्र्यो त्यो हुन नसकेकोमा मेरो चिन्ता हो ।’
तस्बिरः सुदर्शन रंजित
पोखरा स्पोर्टर्स
पोखरा महानगर प्रमुख जिशीले के भने ?
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’