काठमाडौँ । काठमाडौँको जुवाखालबाट क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट डिएस्पीको कमाण्डमा खटिएको टोलीले होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, ३ लाखबाराबरको चेक तथा केही ब्ल्याङ्क चेकहरु समेत प्रहरीले बरामद गरेको छ । सापकोटा जुवामा लगानी गर्ने र मोटो ब्याज लिने व्यक्ति हुन् ।
पक्राउ पर्ने धेरै जसो अधिकांश काभ्रे जिल्ला तिरका निर्माण व्यवसायी रहेको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन ।
मिडियामा आएका समाचार अनुसार जुवाखालबाट पूर्व नेपाली काँग्रेस मकवानपुरका नेता एवं गृहराज्य मन्त्री इन्द्र बानियाँ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटालगायत पक्राउ परेका छन् ।
सांसद इन्द्र बानियाँ भन्छन्, ‘म पक्राउ परेको छैन’
प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।
उनले आफू घर मै रहेको र सानेपामा तरुण दलले आयोजना गरेको चियापान कार्यक्रममा जान लागेको जानकारी दिए । मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते