पोखरा- पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको काम आधा अथार्त ५० प्रतिशत सकिएको छ । विमानस्थलको अहिले सम्म रन वे, ट्याक्सी वे, एप्रोन तयार भइसेका छन् भने १४ भवनमध्ये १२ वटा भवनको आरसिसी स्ट्रक्चर टुंगिएको छ, टर्मिनल भवन छानो छाउन बाँकी रहेको छ ।
‘पोखरा क्षेत्रीय विमानस्थल निर्माण कार्यको ५० प्रतिशत टुग्याईसकिएको छ’–आयोजना प्रमुख विनेश मुनंकर्मीले भने–सिभिल कन्ट्रक्सनको काम पनि अब केही महिना भित्रै टुग्याउने बताए । विमानस्थलको २०२० डिसेम्बर भित्रमा (२०७७ मंसिर सम्म) सबै काम टुग्याउने र उपकारण जडान गर्ने प्रमुख मुनंकर्मीले बताए । अहिले १४ वटा भवनको भौतिक संरचनाको काम भईरहेको उनले बताए । उनले सन २०२० को जनवरीमा फिनिसिङ गरिने उनले सुनाए ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम आधा सकियो
पोखरा विमानस्थलको २५ सय मिटर लामो रन वे तयार भईसकेको छ । विमान पार्किङस्थलसम्म आउने ट्याक्सी वे(बाटो)को काम टुंगिएको छ । विमान पार्किङको लागि एप्रोन पनि पुरा भईसकेको छ । आन्तरिक रुपमा रहेको पानीको निकासको लागि नहरको व्यवस्थापनको काम समेत सकिएको उनले बताए । ‘१४ वटा भवनमा १२ वटा भवनको आरसिसी स्ट्रक्चर सकिएको छ ।’ आयोजना प्रमुख मुनंकर्मीले सुनाए । आठवटा भवनको प्लाष्टरको काम भईरहेको बताए ।
उनले ८ तलाको टावर निर्माणाधिन रहेको र ५ तला ढलान गरिसकिएको बताए । टर्मिनल भवनको पनि आरसिसी स्ट्रक्चर सकिएको छ । स्टिलको जडानको कार्य भईरहेको उनको भनाई छ । उनले आरसिसीको कामपछि इलेक्ट्रिकल लाईट लगायत अन्य आवश्यक उपकरण खरीद गरेर इन्स्टल(जडान) गर्ने बताए । यो आर्थिक वर्षभित्रमा ७५ प्रतिशत काम टुग्याउने लक्ष्य छ । उनले २०७८ को बैशाखबाट विमान उठाउने लक्ष्यका साथ काम भईरहेको बताए ।
नियमित कामका लागि अहिले ५ सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चीनियाँ कामदारले काम गरिरहेका छन् । २०३२ सालमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि तत्कालिन छिनेडाडाँ गाविस (हाल पोखरा १४) कुहर फाँटमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि दोस्रो चरणमा ६ सय २९ रोपनी जग्गासहित अधिग्रहण गरिएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष