काठमाडौँ–प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो । प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित फलोअपका लागि लगिएको बताएका छन् । “नियमित फलोअप हो । केही जाँचहरू हुनेछन् । विवरण आएपछिमात्रै यसै भन्न सकिनेछ,” उनले भने । ओली अस्वस्थ भएपछि उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।
प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्। दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो । गत भदौ २० गते सिङ्गापुरबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ ।
सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपछि आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् । यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन