पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा मंगलबार पोखरामा सम्पन्न गरेको भाइटीका महोत्सव २०१९ मा ३० पर्यटकले सहभागिता जनाएका छन् ।
पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गरिएको थियो । रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले १३ औं भाइटिका महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको तुलाचनले सुनाए ।
नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यटकहरुले १५ अमेरिकी डलर तिरेर सहभागीता जनाएका थिए । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहोर्याएर समेत टिका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।
भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको संघका महासचिव गणेशराज पहारीले बताए । टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको महोत्सवको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु