पूर्व राष्ट्रपति यादवलाई चुनावमा हराउने पूर्व सांसद महतोको दुर्घटनामा मृत्यु, साइकललाई बसको ठक्कर

पूर्व राष्ट्रपति यादवलाई चुनावमा हराउने पूर्व सांसद महतोको दुर्घटनामा मृत्यु, साइकललाई बसको ठक्कर

bus

धनुषाका पुर्वसांसद रामलखन महतोको दुर्घटनमा मृत्यु भएको छ। बसको ठक्करबाट शुक्रबार उनको निधन भएको हो। जनकपुर-ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका-१ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिएको थियो।

२०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो। शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो।

पोष्टमार्टमका लागि अहिले उनको शव अस्पतालमा राखिएको छ। २०६२-०६३ को जनयुद्धको बेला नेकपा माओवादीमा आवद्ध भएका महतो पछिल्लो समय मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए। उनको एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ