२५ वर्षको उमेरमै ७ हजार ५ सय करोडको मालिक बन्नु चानचुने विषय होइन । आफ्नै अथक मेहनत र सफलताले यो सम्भव भएको हो । त्यो भन्दा पनि उनले लगाएको दूरदर्शी परिकल्पना नै अधिकांश युवाहरुका लागि प्रेरणाको स्रोत बनेको छ । युवाअवस्थामै ७ हजार ५ सय करोडको मालिक बन्ने युवा हुन्– रितेश अग्रवाल ।
भारतीय नागरिक अग्रवालले एक वर्षको अवधिमा मात्र आफ्नो सम्पतिमा १८८ प्रतिशतले वृद्धि गरे ।उनी ‘ओयो’ नामक होटल तथा आवास सेवा कम्पनीका मालिक हुन् । जसका उनी संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको कम्पनीको भारतका ५ सय भन्दा बढी शहरमा मात्र १८ हजारभन्दा बढी होटल संचालनमा छन् । अहिले प्रत्यक्षरुपमा २० हजार जना भन्दा बढीलाई उनले रोजगारी दिएका छन् । संसारभर ओयोमा आवद्ध होटलको संख्या ३५ हजार छ ।
विश्वका ८० ओटा मुलुकका ८ सय भन्दा बढी सहरमा १२ लाख कोठाहरु ओयो मार्फत उपलब्ध छन् । नेपालका काठमाडौँ, पोखरा लगायतका सहरमा पनि ‘ओयो’ साइनबोर्ड देखिन्छन् । ओयोको पुरा रुप हो, ‘अन योर ओ’ अर्थात् ‘तपाइको आफ्नोमा’ । यसको अर्थ सवै आफ्नो नियन्त्रणमा । जुन होटलको रुममा बस्नुहुन्छ त्यहाँ सबै तपाईकै नियन्त्रणमा हुन्छ, उच्चस्तरको सेवासुविधासहित । १७ वर्षमै पढाई छोडेका रितेशले त्यसपछि उनले व्यावसायिक जीवन शुरु गरे । सस्तोमा राम्रो बासस्थानको रुपमा ओयोको थालनी गरे ।
हाल उनी कसरी सफल उद्यमी बन्ने भन्ने कुरा पढाउँदै हिड्छन् । उनी भन्छन्, ‘म विश्वविद्यालयमा गएर लेक्चर दिंदा उनीहरुलाई पढाई छाड्न उत्प्रेरित गर्छु किनकि म जस्तै पढाई छाडेर सफल बनेका बिल गेट्स र ओला क्याबुका सहसंस्थापक ३२ वर्षे भविष अग्रवाललाई मेरा प्रेरणाका स्रोत मान्छु ।
सम्बन्धित खबर
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते