काठमाडौं : सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरर गल्ती गरेको कांग्रेसले आरोप लगाएको छ । सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।
देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए ।
तर, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको यो निर्णयमा कांग्रेसले चारवटा गल्ती देखाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतासँग सम्बन्धि कामलाई अलपत्र छाडेर सम्बन्ध नै नभएको विषयमा हात हालेर सरकारले गल्ती गरेको बताए ।
उनले सरकारले पूर्वाग्रही माानसिकताबाट ग्रसित भएर प्रदेश प्रमुख हटाएको बताए । ‘यो सरासर पूर्वाग्रह हो’, उनले भने, ‘राम्रो काम गर्नेलाई राखेर नराम्रो गर्नेलाई बर्खास्त गर्न सकिन्थ्यो । तर कुनै मूल्यांकनबिनै हटाइयो ।’ कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर प्रमुख प्रतिपक्षी दललाई सरकारले द्वन्द्वको निमन्त्रणा गरेको उनले निजकिर गरे । ‘कांग्रेस यो देशको प्रमुख प्रतिपक्षी दल हो कम्तिमा छलफल त गर्नुपर्छ ’, उनले भने, ‘सरकारले प्रतिपक्षीलाई द्वन्द्वका लागि निमन्त्रण गर्यो ।’
यस्तै, १४ मंसिरको उपनिर्वाचन आउन एक महिनाअघि यस्तो निर्णय गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेसको ठहर छ । ‘उपनिर्वाचन आउन एक महिना पनि छैन । हुन त आचारसंहितामा कहीँ पनि प्रदेश प्रमुख हटाउन मिल्दैन भनेर लेखेको छैन’, प्रवक्ता शर्माले भने, ‘तर नैतिकताको पनि कुरा आउँछ । उपनिर्वाचन आउँदै गर्दा यस्तो निर्णय गर्न मिल्छ ।’
सम्बन्धित खबर
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
अमेरिकाबाट आएका चिकित्सकद्वारा पोखरा १५ मा निःशुल्क दन्त शिविर, पहिलो दिन सय जना बढी लाभान्वित
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने