खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको अवास्थामा पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । तर बाटोमा उनीहरुबीच विवाद भयो । त्यही क्रममा केदार मोटरसाइकलमा पेट्रोल सक्कियो, म पेट्रोल लिएर आउँछु भन्दै श्रीमतीलाई त्यही छाडेर आए ।
बाघमोर्चा चोकबाट आएका उनले १५ रुपैयाँमा चक्कु किनेर फर्किए । उनले श्रीमती निपुलाई ओरिया खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको पाइएको छ । हत्यापछि निपुको शवलाई त्यहीँ फालेर हिँडेका केदार श्रीमति हराइन भन्दै खोजी गर्दै हिँडेका थिए । ससुरा कपिललाई पनि आफू पेट्रोल लिन जाँदा निपुले छोडेर भागिन भनेका थिए ।
खोजविन गर्ने क्रममा गोठालाल उनको शव भेटिएको भन्दै उनले नै प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरकाअनुसार केदारले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । ‘श्रीमतीलाई छोडेर कामका लागि बाहिर बस्दोरहेछ, अरु केटासँग कुरा नगर्न भन्दोरहेछ’ प्रहरी उपरीक्षक रौठौरले भने ‘त्यसदिन ससुराली जाँदै गर्दा यस्तै विषयमा उनीहरुबीच विवाद भएको रहेछ, आक्रोशमा आएर हत्या गरेको भनी उसले स्वीकार गरेको छ ।’ केदारविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने प्रहरीको तयारी छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष