मुगुको तामा खानी, गाउँका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने !!

मुगुको तामा खानी, गाउँका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने !!

1669785659bb_close-780×405

मुगु- मुगु जिल्लामा रहेको मकामारो गाउँपालिका वडा नम्बर १ डोल्फुमा रहेका ३ बटा तामा खानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छ । मुगुको डोल्फु गाँउ नजिकै रहेका ३ बटा तामा खानी पालाजे,ईटिङ, र थाङवाक नामका खानीहरु अहिले यसै अलपत्र परेका छन् । केहि दशक अघिसम्म डोुल्फु गाँउका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने गरेका थिए । तामा खानीबाट निकालिएका तामाका डल्लालाई आगोमा पकाएर विभिन्न प्रकारका तामाका भाडाकुँडा बनाएर प्रयोग गर्ने गरेको स्थानीयबासीहरुले बताउने गरेका छन् । अचेल ती तामाखानीहरु उत्खनन् नहुँदा पुरिँदै जान थालेको छ ।

२०२४सालबाट तत्कालिन सरकारले डोल्फुको तामाखानी उत्खनन्मा प्रतिबन्ध लगाएको थियो । पुरानो ब्यवस्था खारजी भई नयाँ ब्यवस्था लागू भएपनि सरकारले अझै तामा खानी उत्खनन् गर्न फुकुवा गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । खानी उत्खनन् हुन सके स्थानीयले गाँउमानै रोजगार पाउने र आयआर्जन बृद्धी हुने आशा गरेका छन् । मुगमकामारो गाँउपालिका वडा नम्बर १का वडा अध्क्षय सोनाम आङजी तामाङले गाँउ पालिकाको गाँउ सभाबाट तामा खानी उत्खनन्को लागि माथिल्लो निकाय संघिय सरकारसंग आग्रह गरेको बताए ।

मुगमकामारोङ गाँउपालिकाका अध्क्षय छिरिङ क्याप्ने लामाले तामा खानी मात्र नभई मुगुको सानो काईकी क्षेत्रमा फलाम खानी समेत रहेको जानकारी गराएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ