बैतडी- सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट ७० हजार आम्दानी गरेको छ । कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन् ।बैतडीको पाटन नगरपालिका ९ स्थित विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयश्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी बताए । उत्पादन गरेका मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरी लगायतका बजारमा बिक्रि गरिएका उनले बताए । बिद्यालयले १ हजार ८५० प्याकेट मैनबत्ति उत्पादन गरि बिक्री गरेको हो । जसमा १५ रुपैयादेखि ७० रुपैयाँसम्म पर्ने प्याकेट थिए । विद्यालयले गत बर्ष पनि ५२ हजारका मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो ।
मैनबत्ती बिक्रीबाट संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने बिद्यालयले जनाएको छ । विद्यालयको आर्थिक स्थितीलाई सुधार तथा बिद्यार्थीहरुले पेसागत दक्षता हासिलका लागी प्रत्येक बर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ ।
शैक्षिक गुणस्तर, अनुसासन तथा आन्तरिक तथा बाह्य क्रियाकलापलाई जोड दिँदै नमुना बनाउने उद्देश्यले विद्यालयले लिएको छ । निजि श्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न सार्है गार्हो भएको र बिद्यार्थिहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी आएको रकमबाट निजि शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ ।
बिद्यालयले यस्तो रचनात्मक कार्यको थालनि गर्नु अन्त्यन्तै राम्रो काम भएको पाटन ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । उनले सिद्धेस्वर माबिको यस्को काम बाट अन्य बिद्यालयलाई समेत श्रृजनात्मक काम गर्ने प्रेरणा मिल्ने बताए । यस्ता कामहरु गर्नका लागी आफुहरुले समेत आगामी बर्ष देखि बजेट छुट्याउने उनले बताए ।
अविभावककै लगानीमा विभिन्न शैक्षिक समाग्री र बालउद्यान समेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागज रहित विद्यालयका रुपमा समेत परिचित छ । वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० बढी विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष