झापा : संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई जनप्रतिनिधि समेत अनेरास्ववियुका विद्यार्थीको टोलिले बिहीबार बिहान क्याम्पसमा कालोमोसो दलेका छन्। सञ्चालक समितिले प्राध्यापक निस्काशन गरेको भन्दै आन्दोलनरत विद्यार्थीले चुडाललाई मोसो दलेका हुन् । १ महिनादेखि अनेरास्ववियु र क्याम्पस प्राध्यापक संघ आन्दोलनरत छन् ।
बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथि अनेरास्ववियु निकट विद्यार्थीले मोसो दलेको बताइएको हो। प्राध्यापकले तलब माग्दा प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट हटाइएपछि क्याम्पसमा विवाद सुरु भएको थियो । विद्यार्थीले तिनै तिम्सिनाको पुर्नबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।बैठकमा क्याम्पस संचालक समितिले माग समाधान गर्न नसकेपछि विद्यार्थी आक्रोशित भएका थिए।
सोही घटनाले क्याम्पसमा मन्ध्यान्ह्सम्म तनाव भयो। तनाव रोक्न इलाका प्रहरी कार्यालयको टोली क्याम्पस प्राङ्गणमा पुगेको थियो। अध्यक्षलाई मोसो दल्ने विद्यार्थी नेतामध्ये रोशन सुबेदी जो कनकाई नगरपालिकाका जनप्रतिनिधि समेत हुन्। त्यसैगरी नबिन राई, उत्सव बाँस्तोला, रविन गुप्ता, गोपी चापागाइँ, ऋिषिराम पोख्रेल, भीम पौडेल, र नारन पोख्रेलका नाममा अध्यक्ष चुडालले आजै विर्तामोड इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। यस विषयमा बोल्दै क्याम्पस प्रमुख विकास उप्रेतीले शान्ति क्षेत्रमा आएर अभद्र व्यवहार गर्नेलाई आवश्यक कार्बाहीको माग गरेका छन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष