केही समय अगाडी काठमाडौंमा भएको एटीएम सिस्टम ह्याकिङ गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ ह्याकरलाई थुनामा राख्न पाटन उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलासले बिहीबार आदेश गरेको हो।गत
गत भदौ १४ मा काठमाडौंमा भएको एटीएम सिस्टम ह्याकिङ मा संलग्न पाँच जना चिनियाँ र एक जना फ्रेन्च नागरिक लु सिङ थुनामा रहनेछन्। एटीएम ह्याक गरेर पैसा निकाल्दै गरेका चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई अदालतले थुनामा पठाएको हो। सोही प्रकरणमा पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको छ।
उक्त प्रकरणमा गत भदौ १६ गते प्रहरीले ठमेलबाट नेपालय मनिचेन्जरका देवनाथ लामिछानेसहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो। अदालतले लामिछानेसँग ३० लाख रुपैयाँ र प्रधान र दुवाडीसँग जनही २६ लाख रुपैयाँ मागेको छ। रिहा भए पनि उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसरले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान गर्नेछ।
पक्राउ परेका विदेशी नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको थियो। सो क्रममा प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १÷१ थान समेत बरामद गरेको थियो।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष