डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वारा गोली प्रहार

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वारा गोली प्रहार

gon

तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन नेपाली र विमल वली छन् । उनीहरुले डेटिङ जाने जोडीहरुको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेका थिए । प्रहरीले उनीहरुलाई पीडित पक्षबाट ५ लाख रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो । प्रहरी देखेर भाग्न लागेको अवस्थामा तीनै जनालाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त समूहका अन्य २ जना ईश्वर पुन र अर्जुन पुन फरार रहेका प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ