मुस्ताङमा प्रदर्शन : ‘ब्याक अफ ईन्डिया’

मुस्ताङमा प्रदर्शन : ‘ब्याक अफ ईन्डिया’

mustang

एसके थकाली

एसके थकाली \जोमसोम–भारतीय सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका बिरुद्धमा बुधबार हिमालपारी मुस्ताङ सदरमुकाम जोमसोममा बिरोध प्रर्दशन भएको छ । जोमसोम स्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियु मुस्ताङले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् ।
‘कालापानी र लिपुलेक हाम्रै हो , सीमा मिच्न पाईदैन’ भन्दै बिद्यार्थीले पुथाङ एयरपोर्ट देखि आर्मी ब्यारेक र जोमसोम गुम्बा हुँदै जिल्ला प्रशासन कार्यालय मुस्ताङ अगाडी कोण सभा गरे । बिद्यार्थी प्रर्दशनमा भारतीय बिस्तारवाद मुर्दावाद ,राष्ट्रिय स्वधिनताको रक्षा गरौं , भारतीय हस्तक्षेप बन्द गर,संम्पूर्ण राष्ट्रवादी शक्ति एक हौ लगायतका नारा घन्काएका थिए ।
भारतीय सीमा अतिक्रमणको बिरोध तथा राष्ट्रिय स्वाभिमानका पक्षमा हिमाली जिल्ला मुस्ताङको सन्देश प्रवाह गर्न बिद्यार्थीहरु एकजुट भएका हुन् । कोण सभामा तेजनिरला जनहित बहुमुखी क्याम्पसका स्वबियु सभापती रबिन बानियाले नेपाली बिर पुर्खाहरुले आर्जाको सम्पतीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले पछिल्लो समय भारतले आफ्नो नया नक्सामा एकपक्षिय ढंगले नेपाली भुभाग कालापानी क्षेत्रको कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएपछि भएको देश ब्यापी बिरोध प्रर्दशनको भईरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङका बिद्यार्थीे राष्ट्रिय स्वाभिमानका पक्षमा उभिएको जनाए ।
यस्तै ,अनेरास्वबियु मुस्ताङका अध्यक्ष पेमा छेतेन बिकले नेपाल जस्तो सानो राष्ट्रलाई सहानुभुतीको सट्टा भारतले हेपाहा प्रबृद्धि अपनाएको उल्लेख गरे । उनले नेपालीहरु राष्ट्रको माटो र स्वभिमानका पक्षमा आफ्नो ज्यान गुमाउन समेत तयार रहेको भन्दै भारतले तत्काल नक्सा सच्याउनु पर्ने बताए । अर्को बिद्यार्थी नेता आदित्य रसाईली भारतले ३७४ हेक्टर जग्गा एकपक्षिय रुपमा कब्जा गरेर बल मिच्याई गरेको बताए । उनले कालापनी ,लिपुलेक ,लिम्पियाधुरा मात्र होईन भारतले आगेटेको प्राचिन नेपाली भुभागका लागि बिर गोर्खाली साहसका साथ लडेको उल्लेख गरे ।
कोणसभामा विभिन्न बिद्यार्थी संगठनका भातृ संगठनले भाररतिय हस्तक्षेपका भत्र्सना गर्दै भारतीयले सार्वजनिक गरेको नक्सा अमान्य हुने भनाई राखे । उनीहरुले सीमा विवाद सुल्झाउन सरकारले कुटनितिक पहल गर्नु पर्ने र यसले नभए अन्तराष्ट्रिय अदालत सम्म पुग्नु पर्ने उल्लेख गरे ।
भारतीय सीमा अतिक्रमणका बिरुद्धमा मुस्ताङको जोमसोममा बिद्यार्थी बिरोध प्रर्दशन । तस्विर एसके थकाली ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds