तनहुँ । मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई तीन महिने सिलाई तथा कटाई सम्बन्धि आधारभुत तालिम कार्यक्रमको बुधबार एक कार्यक्रम बिच सुरुवात भएको छ ।
निल कुमारी मियाँ फाउन्डेसनको आयोजना तथा नेपाल डेभलपमेन्ट सोसाइटी काठमाडौको सहयोगमा बुधबार उक्त तालिम कार्यक्रम सुरु भएको हो ।
मुस्लिम समुदायका महिला तथा किशोरीहरुलाई क्षमता विकास र आत्मनिर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाकी अध्यक्ष रुबिना खान बताइन । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाकी सांसद कलिला खान रहेकी थिइन ।
सो अवसरमा नेपाल डेभलपमेन्ट सोसाइटीले १० वटा सिलाई मेसिन समेत संस्थालाई हस्तान्तरण गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि सांसद खानले मुस्लिम महिलाहरुले समेत सिप सिकेर स्वरोजगार बन्नुपर्ने बताई । आत्मनिर्भर भई समृद्ध समाज र राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्ने बताइन । ‘घर भित्रका चुला चौकामा मात्रै महिला सिमित हुनुहुदैन अब आफुले नै सिप सिकेर केहि गरेर समाजमा योगदान पुर्याउनुपर्छ’, सांसद खानले भनिन,’मुस्लिम समुदायका महिलाहरुमा पनि चेतना बढ्दो छ ।’

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सिपलाई व्यवसायमा बदल्नुपर्ने बताए । सीप र जागर भए धेरै उन्नति र प्रगति गर्न समेत सकिने वाग्लेले बताए । फुर्सदको समय सदुपयोग गरि आर्थिक रूपमा मुस्लिम महिलाहरु पनि सक्षम बन्न सक्ने उनले बताए ।
त्यस्तै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मुस्लिम महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताए । फाउन्डेसनले महिलाको क्षेत्रमा निकै राम्रो काम गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष हाजी अक्बर अलिले मुस्लिम समुदायका महिलाको लागि सिलाई कटाई तालिमले सहयोग पुग्ने बताए ।
त्यस्तै नेपाल डेभलपमेन्ट सोसाइटीका ओरेन्जेबले संस्थाको बारेमा सहभागीलाई बताएका थिए । नुर मुस्लिम महिला समुहकी अध्यक्ष मुन्नी खातुनले कार्यक्रमको उद्देश बारे जानकारी गराएकी थिइन ।
गत असार महिनामा पनि संस्थाले तीन महिने सिलाई कटाई तालिम दिएको थियो । उक्त समयमा १२ जना मुस्लिम महिला तथा किशोरीले तालिम लिएका थिए । एकजना ट्रेनरले उक्त तालिम गराउने आयोजकले जनाएको छ ।
एक सहभागी महिलाले भनिन,’हाम्रो समुदायमा अवसर नै पाइदैन, अब अहिले आएको यो अवसरको पुर्ण सदुपयोग गर्नेछु ।’
सिपमुलक तालिमबाट लाभ लिई ब्यवसाय गर्ने सोच बनाएको तालिममा सहभागीहरु बताउछन ।
कार्यक्रमको स्वागत संस्थाकी उपाध्यक्ष सकिला खानले गरेकी थिइन भने संचालन पत्रकार किरण श्रेष्ठले गरेका थिए ।
उक्त आयोजक संस्थाले यस अघि लोपोन्मुख परम्परागत सीप कार्यक्रम गरेको थियो । लोपोन्मुख परम्परागत सीप बारे अन्तरक्रिया तथा आगामी कस्ता कस्ता सम्भावित सीप मुलक तालिम संचालन गर्न सकिने छ भन्ने बारे छलफल समेत संस्थाले गरेको संस्थाकी अध्यक्ष रुबिना खानले जानकारी दिईन ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु