गुल्मीमा प्रहरीले तीन जनाको हत्या गर्ने हत्यारा सार्वजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका तीन वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पत्रकार भेटघाटको आयोजना गरेर बेवारिसे शवको पहिचाह र हत्या गर्ने हत्यारालाई सार्वजनिक गरेको छ । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनारलाई सार्वजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
कार्तिक १६ गते शनिबार बेवारिसे अवस्थामा फेला परेको शवको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो । हत्या हुनेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिया सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिया जुम्लाहा छोरी गंंगा र जमुना रहेको प्रहरीले सार्वजनिक गरेको छ ।
दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
फेला परेका तीन वटा शबलाई पोष्ट मार्टमपछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । शवको पहिचान पछि पोष्टमार्टम पछि परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरीक्षक खड्काले बताए ।
हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ । तीन जनाको निर्ममतापूर्वक हत्या गरि कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा शव फेला परेको थियो । सार्बजनिक गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’