ठमेलकाे ‘डिस्को’ काण्ड – बिमल, अञ्जन, दिनेश र सन्ताेष राष्ट्रिय टीमबाट बर्खास्त, भुटान जान पाएनन्

ठमेलकाे ‘डिस्को’ काण्ड – बिमल, अञ्जन, दिनेश र सन्ताेष राष्ट्रिय टीमबाट बर्खास्त, भुटान जान पाएनन्

thamal kanda

काठमाडौं । अनुशासनमा नरहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ । उनीहरू गुड फ्राइडे भन्दै ठमेलकाे डिस्काे पुगेका थिए । विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गरेको हो ।

एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ । तर, एन्फाले खेलाडी कारबाहीको बिषय भने खुलाएको छैन । कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । चार जनै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ । लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ ।

यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो । विमल पछिल्लो समय माल्दिभ्सको लिग खेल्दै आएका छन् । उनी केही केही दिन अघिमात्र विश्वकप छनोटका खेल खेल्न नेपाल आएका थिए । एन्फाले यसपटक चार जना खेलाडीलाई कारबाही गर्दै भुटान जाने टिमबाट हटाएको हो ।

नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो । कुवेतको टिम शुक्रबारनै भुटान पुगिसकेको छ । नेपाली टिम शनिबार भुटानको तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds