काठमाडौं । अनुशासनमा नरहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ । उनीहरू गुड फ्राइडे भन्दै ठमेलकाे डिस्काे पुगेका थिए । विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गरेको हो ।
एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ । तर, एन्फाले खेलाडी कारबाहीको बिषय भने खुलाएको छैन । कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । चार जनै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ । लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ ।
यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो । विमल पछिल्लो समय माल्दिभ्सको लिग खेल्दै आएका छन् । उनी केही केही दिन अघिमात्र विश्वकप छनोटका खेल खेल्न नेपाल आएका थिए । एन्फाले यसपटक चार जना खेलाडीलाई कारबाही गर्दै भुटान जाने टिमबाट हटाएको हो ।
नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो । कुवेतको टिम शुक्रबारनै भुटान पुगिसकेको छ । नेपाली टिम शनिबार भुटानको तयारी गरेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ