सरकारले अनुमति दिए कालापानीको सुरक्षामा खटिन तयार छाैँ : सशस्त्र प्रहरी

सरकारले अनुमति दिए कालापानीको सुरक्षामा खटिन तयार छाैँ : सशस्त्र प्रहरी

kalapani-sima-sashatra (1)

सशस्त्र प्रहरीले भारतीय अतिक्रमणकाे चपेटामा परेकाे कालापानी क्षेत्रको सुरक्षामा खटिन तयार रहेको बताएको छ । नेपाल–भारतको सीमा सुरक्षामा खटिएकाे सशस्त्र प्रहरीले सरकारले अनुमति दिएमा कालपानीको सुरक्षामा पनि खटिन तयार रहेको जनाएको हो ।

हाल सशस्त्रले दक्षिणतर्फ नेपाल–भारत खुला सीमा भएका स्थानमा १७ देखि १८ किलोमिटरको दुरीमा ‘बीओपी’ राख्दै आएको छ । कालापानीको सीमामा सुरक्षा नभएको समाचार बाहिरिएसँगै सशस्त्रले सुरक्षामा खटिन आफू तयार रहेकाे जनाएकाे हाे । तर साे क्षेत्रकाे सुरक्षाका लागि भौगोलिक बनावट, मौसमी प्रतिकूलता र साधन-स्राेतकाे भने चुनौती रहेको सशस्त्रकाे भनाइ छ । सशस्त्रले दार्चुलाको तिंकर क्षेत्रमा बीओपी राख्ने कार्ययोजना बनाइरहेको समेत बताएको छ । तर, सरकारले अनुमतिसँगै थप साधन, श्रोत र जनशक्ति प्रदान गरेमा सीमा सुरक्षा सुदृढ गर्ने उसको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ