काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण निर्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन । सिङ्गापुरबाट फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन । दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएको थियो । फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । “प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाउनुभएको छ । उहाँले मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिसक्नुभएको छ,” स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि सन् २००७ मा नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । – बाह्रखरी डटकमले लेखेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन