प्रधानमन्त्रीलाई मिर्गौला फेर्न अमेरिका लगिँदै, निजी चिकित्सक अमेरिका पुगेर फर्किन्

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न अमेरिका लगिँदै, निजी चिकित्सक अमेरिका पुगेर फर्किन्

Pm_Oli_6RBieN0pJz

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण निर्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।

मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन । सिङ्गापुरबाट फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन । दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएको थियो । फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । “प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाउनुभएको छ । उहाँले मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिसक्नुभएको छ,” स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि सन् २००७ मा नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । – बाह्रखरी डटकमले लेखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds