पारसबाट दिक्क पूर्व राजपरिवार ‘बिन्दास मुड’ मा, ज्ञानेन्द्र हिमानी नाचेकाे भिडियाे भाइरल (भिडियाेसहित)

पारसबाट दिक्क पूर्व राजपरिवार ‘बिन्दास मुड’ मा, ज्ञानेन्द्र हिमानी नाचेकाे भिडियाे भाइरल (भिडियाेसहित)

gyanendra_lod

पूर्व राजा ज्ञानेन्द्र शाह नाचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । काठमाडौंको एक रेस्टुरेन्टमा नाच्दै गरेको दृश्य आइतवारबाट सामाजिक सञ्जालमा भाइरल बनेको हो । छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो ।

‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र नाचेका छन् । भिडियोमा पूर्व राजा ज्ञानेन्द्र विन्दास पारामा नाँचेको देख्न सकिन्छ । उनी त्यहाँ उपस्थित भएका सर्वसाधारणसँग पनि नाँचेका छन् भिडियोमा पूर्व राजा बालकुनीमा नाँचिरहेको देखिएको छ । म्युजिकमात्र सुनिएको गीतमा ज्ञानेन्द्र परम्परागत रुपमा नाँचेका छन् ।

ढाका टोपी कोट र पाइन्टमा रहेका पूर्व राजा नाँचिरहँदा तल बसेका सर्वसाधारणले हुँटिङ गरिरहेका भिडियोमा देख्न सकिन्छ । केही बेर नाँचेपछि उनले तल रहेका सर्वसाधारणलाई फ्लाइङ किस दिन्छन् भने नमस्कार गर्दै अभिभादन गर्छन् र हिँड्छन् । एलओडीले १६ नोभेम्बर(हिजो) युट्युवमा अपलोड गरेको एक भिडियोमा पूर्व राजपरिवारका सदस्यको अप्रत्याशित भ्रमण भनिएको छ । जहाँ उनी विन्दास मुडमा नाँचिरहेका छन् । हात हल्लाउँदै नाचिरहेका उनी बेलाबेलामा तल रहेका मानिसलाई नमस्कार गर्छन् भने बेलाबेलामा हात हल्लाउँछन् ।

भिडियोमा देखिए अनुसार उनी बालकुनीबाट तल झरेर मानिसहरुसँग भेट गर्छन् नमस्कार ग्रहरण गर्छन् र अरुलाई नमस्कार गर्दै हात मिलाउँदै हिँड्न । पूर्व राजको नाँचेको भिडियोमा हिमानी लगायतका राजपरिवारका सदस्य पनि रमाउँछन् । उनलाई छुन र नमस्कार गर्नेको बाक्लो क्रेज रहेको हुन्छ । त्यसक्रममा त्यहाँ भेला भएका केही युवतीसँग हात समाएरसमेत पूर्वराजा नाँचन् । अंगालो मार्छन्, सेल्फी खिच्नेको लागि समय दिन्छन् ।

लगाएको कोट खोलेर पूर्व राजा विन्दास रुपमा नाँच्छन् । सेतो सर्टमा उनी केही बेर कोट खोलेर नाँछन् । उन्मुक्तरुपमा हात फैलाउँछन् । मन्दमुस्कान् छर्छन् । राजपरिवारका अन्य सदस्यपनि उनीसँग ताली बजाउँछन्, नाँचछन् ।

पूर्व राजाको विन्दास मुड

सामाजिक सञ्जालमा केहीले पूर्व राजाको विन्दास मुडको प्रशंसा गरेका छन् भने केहीले आलोचना । आलोचकहरुले पूर्व राजपरिवार यही मनोरञ्जन र विन्दासपनका कारण संकटमा परेको टिप्पणी गरेका छन् । केहीले भने देशको सीमा अतिक्रमण भएको बेलामा नाचेर बस्नु भन्दै कटाक्ष गरेका छन् ।

कतिपयले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेको भन्दै पूर्व राजपरिवारलाई देशको माया भएको भन्दै राजतन्त्रको वकालत पनि गरेका छन् । पूर्व युवराज पारश साहका कारण पछिल्लो समय पूर्व राजपरिवार तनावमा रहेको छ । पूर्व युवराज पारशको ‘आवारा’ ताबाट वाक्क बनेका पूर्व राजा ज्ञानेन्द्रसहितका सदस्यहरु भने धेरैजसो कार्यक्रममा एकै स्थानम देखिने गरेका छन् । मनोरञ्जन गर्ने गरेका छन् । पारश साहका कर्तुतका कारण उनलाई भने निर्मल निवासमा नै रोक लागेको छ । पछिल्लो समय पारश शाह मोडल तथा भिजे सोनिका रोकायसँग हिँडिरहेका छन् । दुई साता अघि पोखरामा फेला परेका पारस सोनिकालाई बाइकको पछाडि राखेर हुँइकिएका थिए ।

त्यस्तै सोनिकासँगै मुक्तिनाथ पुगेर पारस साधुको भेषमा देखिएका थिए भने केही भिडियोमा पारस पिङ खेलिरहेको र सोनिकाका लागि पिङ मच्चाइरहेकासमेत देखिएका छन् । पूर्व राजपरिवारको सदस्य भएपनि पारसले मर्यादा छोडेपछि पूर्व राजा ज्ञानेन्द्र, पत्नी हिमानी लगायत राजपरिवारका सदस्यहरु तनावमा रहनु र त्यो तनावबाट मुक्तिपाउनका लागि मनोरञ्जनमा लाग्नु स्वभाविक भएको सामाजिक सञ्जालहरुमा चर्चा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ