नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ। मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने खेलमा नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी गरेको छ । ‘हामीले २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण गराएका छौँ । चार महिनादेखि पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा गरी चार चरणमा तयारी गराइएको छ । विभिन्न खेलका खेलाडीले वैदेशिक प्रशिक्षसँगै विभिन्न अन्तर्राष्ट्रि«य प्रतियोगितामा सहभागिता र सम्मानजनक उपलब्धि पनि हात पारेका छन्,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम बहादुर रानाभाटले बताए ।
रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको पनि बताए । नेपालमा यसअघि सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो । साग पदकका हिसावले साग विगतको भन्दा उपलब्धिमूलक हुनेमा हामी विश्वस्थ छौं, रानाभाटले भने ।
रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले बताए । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गरिसक्ने पनि बताईएको छ ।
१३औं सागको खेलाडीका लागि बैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ बजेट रहेको राखेपले जनाएको छ । यसैगरी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।
त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । सागका लागि सबै खेलका खेलाडीको छनोट समेत सम्पन्न भएको छ ।
खेलाडीको तयारी, सुविधा, वैदेशिक प्रशिक्षण र भत्ताको हिसावले खेलाडी खुशी रहेको दावी राखेपले गरेको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’