पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्य मन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसि विनियोजित गर्न सक्ने बताएका छन् ।
‘साग सम्पन्न गर्नको लागि रकमको अभाव छ भने तत्काल निर्णय गरि विनियोजिन गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो ।’ मुख्य मन्त्री गुरुङले भने । उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समिति पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगाएतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

मुख्य मन्त्री गुरुङले रंगशालाको निरिक्षण गर्दै पुर्वाधार काम चलाउको लागि हो कि दिर्घकालीन हो ? भन्दै प्रश्न समेत गरेको थिए । साग नेपालमा हुने पहिले नै थाहा भएपनि काम शुरु भने निकै ढिला भएको मन्त्री गुरुङको भनाई थियो । सागका लागि दिनरात नभनि काम तिव्र रुपमा अघि बढाएको भन्दै निमार्ण कम्पनी तथा कामदारहरुलाई समेतलाई उनले धन्यवाद व्यक्त गरे ।
१३ औँ सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समिति पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।
मंसिर १५ गते देखि २४ गते सम्म हुने साग पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ हुन सकेन ।। पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्बल, ब्याटमिन्टन, ट्राइयाथोलन, विच भलिबल र भारोत्तोलन सहित आठ खेल हुँदैछन ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?