अर्घाखाँची- नरपानीस्थित सातामाटामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बस साँघुरो घुम्ती पार गर्न नसकेर दुर्घटना भएको हो । लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा बसधनी, चालकसँगै सात महिला र १२ पुरुषले ज्यान गुमाएका छन् ।

बस सडकबाट तल खसेर दुई टुक्रा भएको छ। भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका छन्। घाइतेमध्ये भूमिस्थान नगरपालिका–९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा नगरपालिका–२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्याएपछि निधन भएको हो। १३ घाइतेमध्ये ११ जनालाई बुटवल पठाइएकोमा एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत र बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की ३० वर्षीया सीता बस्नेतसँगै नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ