काठमाडौँ । नेपाली बालिकालाई भारत लगेर यौनव्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग रहेका छन् । तामाङ्ग ती बालिकाको भाउजु नाता पर्ने प्रहरीले जनाएको छ ।
उनले तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत ती १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्रलोभन देखाएर दिल्लदी पु-याएकी थिइन् ।
पछि बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु-याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाइराखेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको सूचना अधिकारी प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो ।
बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो । हाल उनीहरुमाथि मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कारवाही हुने बताइएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष