आश्रममा अनुयायीलाई बलात्कार आरोप लागेका बहुचर्चित ‘सिद्धबाबा’ पक्राउ

आश्रममा अनुयायीलाई बलात्कार आरोप लागेका बहुचर्चित ‘सिद्धबाबा’ पक्राउ

baba

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यलय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यसअघि मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भएको थियो ।

गिरीमाथि आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो ।बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन् । उनले बलात्कारी गिरीलाई पक्राउ गर्न उजुरी दिदाँ प्रहरीले उजुरी लिन नमानेको समाचार बाहिरिएको थियो ।

घटनाको पाँच सातापछि मात्रै उजुरी परेकोले अनुसन्धान गर्न प्रहरीलाई केही असहज अनुमान लगाउन सकिन्छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थाहा पाएसँगै ‘सिद्धबाबा’ले शुक्रबार बिहानै बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको स्रोतले दाबी गरेको छ ।

बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी थिइन् । ब्यूरोले जिल्लालाई नै फिर्ता पठाएपछि सुनसरीमा उजुरी दर्ता भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ