पोखरा । गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा उप–निर्वाचन भएको छ । सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भएको प्रहरीले जनाएको छ । कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटे तापनि त्यसले मतदान प्रक्रियामा कुनैपनि प्रतिकुल असर नपारेको जनाएको छ । कास्कीका विभिन्न ठाउँमा ४ पटक बम विस्फोट भएपनि मानवीय क्षति भएको छैन तर सुरक्षा ब्यवस्थाप्रति भने प्रश्न चिन्ह उठेको छ ।
कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी उपनिर्वाचनक लागि मतदान स्थलमा खटिएका छन् । यस्तै ३२८ जना स्वयमंसेवक मतदान क्षेत्रमा खटिए ।
जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको छ ।
कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.विमा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र छन् । सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।
भरतपोखरीदेखि बाटुलेचौरसम्मका केही केन्द्रका तस्विरहरु हेर्नुहोस्:

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित सरस्वति टीका मावि

जनप्रिय मावि मतदान केन्द्र

पोखरा १६ स्थित विन्दवासिनी मावि केन्द्र

पोखरा १६ स्थित विन्दवासिनी मावि केन्द्र

पोखरा १६ स्थित चण्डिका प्रावि केन्द्र

चण्डिका महतगौंडा स्थित जानकी आधारभुत विद्यालय केन्द्र

पोखरार ९ स्थित महेन्द्र मावि केन्द्र

पोखरार ९ स्थित नवप्रभात मावि केन्द्र

पोखरा ४ स्थित नविन मावि केन्द्र

पार्दी मावि केन्द्र

पार्दी मावि केन्द्र

रत्नचोक स्थित केन्द्र

पोखरा पृथ्वीचोक स्थित सहारा प्रावि केन्द्र
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’