पोखरा । प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे मतदान साँझ ५ बजेसम्म जारी रह्यो । अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिए ।
मतदाताहरु उत्साहपूर्वक निर्वाचन कार्यक्रममा भाग लिएका छन्। सोही क्रममा पोखरा–१७ की ९५ वर्षीया पदमकुमारी शेरचनले मतदान गरेकी छन्। शेरचनले पार्दी मावि मतदान केन्द्रबाट भोट खसालिन् ।

यस्तै, पोखरा ४ की ९० वर्षीया भोजकुमारी कोइरालाले नविन मावि केन्द्रबाट भोट खसालिन् ।


कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाएनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन पाएनन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाए । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् ।राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाए । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो