भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । नयाँ वर्षको पहिलो दिन मङ्गलबार राति जम्मु कश्मीरको नौशेरामा मङ्गलबार आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए । चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुनको ससुराली तनहुँ दुलेगौँडा हो । उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।
अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’ ‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’
बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।
मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो ।
कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा