काठमाडौं । यातायात व्यवस्था विभागले गाडीमा लेखिएका साहित्य हटाउन निर्देशन दिएको छ । ट्रक साहित्य पढ्न थाल्दा दुर्घटना बढेको भन्दै विभागले अब हटाउन र नयाँ नलेख्न पनि र्निेशन दिएको हो ।
विभागले दुर्घटना न्युनीकरण गर्न अपनाइनुपर्ने तत्कालीन उपायका रुपमा ट्रक साहित्य हटाउनुपर्ने लगायत ८ उपाय निकालेको छ । ती उपायमा गाडी चालकले चप्पल लगाएर चलाउन नपाउनेदेखि क्याबिनमा सजावटका सामान तथा म्युजिक सिस्टम नराख्नेसम्मको व्यवस्था गरेको छ । यस्ता सामान राखेको भए तत्काल हटाउनसमेत विभागले निर्देशन दिएको छ ।
यस्तै सार्वजनिक सवारीमा भाडादर पनि अनिवार्य टाँस्न विभागको निर्देशन छ । सवारी साधन सञ्चालन सम्बन्धी जरुरी सूचनामा भनिएको छ, “सवारी साधनमा लेखिएको सबै किसिमको स्लोगन वा कोटेसन हटाउनुपर्नेछ ।”

विभागको निर्देशनअनुसार अबदेखि सबै प्रकारका सवारी साधन चलाउँदा सवारी चालकले अनिवार्य जुत्ता लगाउनुपर्छ । यस्तै सवारीको विन्ड सिल्डमा स्टिकर वा कुनै वस्तु टाँस्न वा झुन्ड्याउन मिल्दैन ।
यसैगरी लामो दुरीका यात्रुवाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरिएको छ ।

सवारी विभागले सवारीसाधनको चालकको फोटो सहितको सवारीचालक अनुमतिपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दुरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाइने व्यवस्था गरेको छ ।







सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह