पोखराका नहरहरु असुरक्षित छन् । न तारजाली न त माथि स्ल्याब (ढकनी) । बालबालिका मात्र हैन प्रौढ उमेरका व्यक्तिहरुले समेत ज्यान गुमाइरहेको उदाहरण हामीसँग छ । पोखरामा आइतबार एक बालिकाको घर नजिकैको नहरमा परी ज्यान गएको छ ।
पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीले धराप नहरकै कारण आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् । अघि साढे ६ बजेको समयमा घर नजिकै आमासँगै खेल्दै गरेकी सिर्जना सिधै नहरमा खसेकी हुन् । गहिरो र पानी भएको नहरमा खसेकी सिर्जना ७ बजेर ४० मिनेट जाँदा मात्र फेला प¥यो । तर, उनको मृत्यु भइसकेको थियो ।
स्थानीयका अनुसार नहरमाथि स्ल्याब ग्याप थियो र त्यहाँ कार्टुन थियो । बच्चा सिधै कार्टुनमा टेक्दा खसेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालका अनुसार घटना पश्चात वडा सहित जिल्ला, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका थिए । १५० मिटर तलतिर बागवानी नजिकै उनको शव अड्केको अवस्थामा भेटिएको डिएसपी ढकालले जनाए ।
नहरमाथि पूरा स्ल्याब वा तारबार नभएरै घटना भयोः डिएसपी ढकाल
डिएसपी ढकालले स्ल्याब ठाउँ ठाउँमा नहुँदा नहर जोखिम बनेको बताए । उनले स्ल्याब ग्याप नहुने र तारबारको व्यवस्था भए यो जोखिम टर्ने उल्लेख गरे । ‘स्ल्याब कि छँदै छैन भने पहिल्यै सतर्कता अपनाईन्छ । तर स्ल्याब भएको नहरमा कहिँ खाली ठाउँ भयो भने त्यो धराप नै हुन्छ । यसले धेरै दुर्घटना निम्तिएको देखेको छु ।’ डिएसपी ढकालले भने ।
गत २०७५ चैत २७ गते संगीतकर्मी श्रीमान थुलुङ पनि स्कुटर दुर्घटनापछि उछिट्टिएर नहरमा पर्दा निधन भएको थियो । यस्तै लेखनाथमा पनि गत वर्ष नै एक बालकको डुबेर ज्यान गएको थियो ।
तस्विरः अशोक खड्का
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’