पोखरा, २० पुस । पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ । मेलाको तेस्रो दिन आइबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए । उनका अनुसार मेलाअन्तर्गत सोमबार प्रभातफेरी कार्यक्रमको पनि अयाोजना गरिएको छ ।
मेला समदु्घाटनका दिनको लागि तय भएको प्रभातफेरी वर्षाका कारण स्थगित भएको थियो । सोमबार संघको सचिवालय गैह्रापाटनबाट बिहान ११ बजे सुरु हुने प्रभातफेरी मेला स्थल प्रदर्शनी केन्द्रमा आएर समापन हुनेछ । संघका महासचिव अर्जुन पोखरेलले प्रभातफेरीमा सरिक हुन आमा समूहहरु, टोल विकास संस्था, बस्तुगत संघ तथा संघका सदस्यहरुलाई आग्रह गरे । प्रभातफेरीमा सहभागि टोलीलाई विशेष उपहारको समेत व्यवस्था गरिएको छ । उत्कृष्ट झाँकीलाई नगद पुरस्कार नै दिइने संघकी उपमहासचिव चिनुकुमारी गुरुङले जानकारी दिइन् । झरी परे पनि उद्घाटन कार्यक्रममा करिब १ सय वटा आमा समूह, टोल विकास ंसंस्थासहित उद्योगी÷व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मेलाअन्तर्गत आइतबार आधुनिकतर्फ सन्तोष बस्याल, बबि सुनार ,निष्कर्ष ब्याण्ड तथा लोकदोहारीतर्फ शिरिष देवकोटा,सरला पाण्डे,तारापति सुवेदी,निशा पोखरेल,निश्चल थापा मगर,कमला गैरे एवं दीपक थापाको हाँस्य प्रस्तुति रह्यो ।
सोमबार आजका आकर्षणहरु
लोकदोहोहीतर्फ जुना श्रीस मगर,मधु चापागाईँ, रतिमाया खड्का,तारापति सुवेदी, कुुमार पुन, शिव केसी,राजेन्द्र सापकोटा, ईश्वर सिँहसहित निर्मल र प्याकुलीको हाँस्य प्रस्तुति रहने छ भने पपतर्फ सुमित ग्रुप र देउराली ब्याण्डको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले बताए ।
आइतबार मेलाको प्रवेश टिकटमा सोनिका अटोमार्टको तर्फबाट राखिएको १० हजार बराबरको प्याराग्लाइडिङ उडान टिकट नम्बर ०८७ र वाटर रेफ्रिजेरेटर टिकट नम्बर ०५० नम्बरलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जनाए । पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ । समृद्धि स्टिल्स मेलामा जोडिँदा मेलाको नाम ’समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला –२०७६, पोखरा’ भएको हो । यो मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ ।
यसैगरि मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् । मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’