पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका कोषाध्यक्ष सुरेन्दमान विजुक्छेले जानकारी दिए ।
‘मेलामा साबुनदेखि घरायसी प्रयोगमा आउने सबै सामानहरु राखिएका छन्’, उनले भने,कृषिजन्य उत्पादन, जडिबुटी, भाँडाकुडा तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेलाको विशेषता हो । पोखराको औद्योगिक क्षेत्रमा उत्पादित औद्योगिक उत्पादन, दोलखाको जिरीमा रहेको सर्वखास अर्गानिक कृषि फारामबाट उत्पादन भएको किबीदेखि महेन्द्रनगरमा उत्पादन भएको सतिशालका भाँडाहरुले मेला साँच्चिकै प्रदर्शनी तथा बिक्रीको थलो भएको उनको जिकिर थियो ।
यसैगरि मेलामै विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकलको प्रदर्शनी पनि समेटिएको छ । मेलाअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमले पनि अवलोकर्तालाई विशेष मनोरञ्जन प्रदान गरेको छ । सोमबार लोकदोहोरी गायक÷गायिका जुना श्रीस मगर, तारापति सुवेदी, राजेन्द्र सापकोटा, मधु चापागाईँ कुमार पुन, ईश्वर सिँह तथा हाँस्य कलाकार निर्मल र प्याकुलीको प्रस्तुति रह्यो । ओम गुरुङ र लक्ष्य ब्याण्डको प्रस्तुति पनि दमदार रह्यो
मंगलबारका आकर्षणहरु
लोकदोहोही तर्फ: राधिका हमाल, सविना गुरुङ, सरस्वती लामिछाने, रिता कार्की कुँवर, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, परशुराम अधिकारी
पपतर्फ: सुमित ग्रुप, देउराली ब्याण्ड
हाँस्यतर्फ: पोखरेली धुर्मुस र माग्ने बूढा
साथमा लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिता एवं खुल्ला एकल नृत्य प्रतियोगिता पनि ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार सोमबार पनि करिब १० हजार जनाले मेलाको अवलोकन गरे । मेला समुद्घाटनका दिन तय गरिएको प्रभातफेरी पनि सोमबार नै सम्पन्न भएको र त्यहाँ १२० वटा आमा समूह, टोल विकास संस्था तथा बस्तुगत संघहरुको उपस्थिति रहेको संघकी उपमहासचिव चिनुकुमारी गुरुङले जानकारी दिइन् । प्रभातफेरीमा सहभागि आमा समूह र टोल विकास संस्थामा चिउली पार्चै आमा समूह पहिलो भयो भने बस्तुगत संघतर्फ सिटी रेवानलाई उत्कष्ट घोषित गरियो । यता मेलाको प्रवेश टिकटअन्तर्गत दिइने लक्की ड्रमार्फत दिइने पौष २१ गते सोमबारको प्रवेश टिकटको प्याराग्लाइडिङ उडान पुरस्कार विजेता टिकट नम्बर ४१९६ तथा ३२ इञ्चको टेलिभिजन विजेता टिकट नम्बर ३६२७ ले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जनाए ।
पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ । समृद्धि स्टिल्स मेलामा जोडिँदा मेलाको नाम ’समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला –२०७६, पोखरा’ भएको हो । यो मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ । यसैगरि मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् । मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’