पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा पुगेको छ । चिनियाँ कामदारहरुसहित नेपाली कामदार काममा खटिइरहेका छन् । मंसिरमा जारी गरिएको जग्गा अधिग्रहणसम्बन्धी सूचनाले अहिले स्थानीयको निद्रा उडेको छ ।
सो सूचनामा विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरिएको उल्लेख छ । यसपटक दक्षिण पूर्वमा १ सय ६ रोपनी र उत्तरपूर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । दुईपटकसम्म आफ्नो जग्गा दिएका परियोजना प्रभावित अब भने जग्गा नदिने अडानमा छन् ।
कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले अधिग्रहण बारे जानकारी गराउन सदनमार्फत सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एअरपोर्टको तल्लो क्षेत्रमा रहेको हजारौ हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ?’
विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोलादेखि भैंसे सम्मको टेण्डर किन रोकिएको भनेर प्रश्न गरे । ‘यो तुरुन्त खुलाईयोस् । रुपाताल परियोजनाको सम्पुर्ण कार्य सञ्चालन गरियोस्’ उनको माग छ । आवाज
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’