गोरखा, १७ माघ । जिल्लाको गोरखा नगरपालिका वडा नं. १० मा रहेको अवैध क्रसर उद्योगका कारण यस क्षेत्रका ३०० वालबालिकाहरुको भविष्य अन्यौल भएको छ । तारा माध्यमिक विद्यालयको प्राङ्गण भएर दिनहुँ सयौंको संख्यामा ट्रिपरहरु धुलो उडाउँदै गुड्ने गर्दछन । यिनै ट्रिपरहरुका कारण विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको हो ।
विद्यार्थीहरु हिड्ने बाटो र क्रसरमा दौडने गाडि हिँड्ने बाटो एउटै छ । विद्यालय जान लागेका बालबालिकाहरुलाई कुनै प्रवाह नै नगरी गाडिहरु गुडिरहन्छन् । विद्यालयमा कक्षा चलिरहेका समयमा हर्न बजाउँदा कक्षाकोठाको पठनपाठनमा असहज हुने गरेको बालबालिकाहरु बताउँछन् ।
गोरखा नगरपालिका वडा नं. १३ मा सञ्चालन अनुमति पाएको गोरखकाली क्रसर उद्योग गोरखा भूकम्पलाई कारण देखाउँदै गोरखा नगरपालिका वडा नं. १० मा सञ्चालनमा रहेको छ । शुक्रबार विहान ५ः३० बजे छेपेटार दुध वेच्न हिडेकी बोहरावेशीकी ५२ वर्षिय मनमाया तामाङलाई सोही रुटमा चल्ने ग १ ख ८०२७ नम्बरको ट्रिपरले ठक्कर दिएर मारेको थियो । पिडित पक्षहरुले शुक्रबार दिन भर अवैध क्रसर तुरुन्त हटाउन माग गर्दै नारावाजी गरेका थिए ।

सार्वजनिक र त्यस स्थानका स्थानीयहरुको जमिन कब्जा गरेर उक्त उद्योग सञ्चालनमा आएको छ । घटना स्थलमा पुगेका सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई समेत प्रहरीले दुव्र्यवहार गरेको थियो । क्रसर भन्दा विद्यालय पहिला स्थापना भएकाले क्रसर कागजपत्र अनुसार सम्बन्धित ठाउँमा लगेर सञ्चालन गर्नुपर्ने माग स्थानीयहरुले गरेपनि क्रसर सञ्चालकले भने विद्यालय र वरिपरीको बस्ती सार्नुपर्ने बताउँदै आएको स्थानीयहरु बताउँछन् ।

यसैवीच, शुक्रबार भएको घटनाका पीडित पक्ष, व्यवसायी र प्रहरी अधिकारीहरु वीच गोरखा स्थित १२ किलो चौकीमा भएको छलफल अनुसार १५ लाख रुपैयाँ पीडित पक्षलाई दिने र पीडित पक्षले लास उठाउने सहमति नजिक पुगिएको एक प्रहरीले बताए । क्रसर उद्योगको क्षेत्रलाई घेराबार गरेर व्यवस्थित बनाउन समेत व्यावसायीलाई प्रहरी अधिकारीहरुले सुझाव दिएका छन् ।

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा