तनहुँ । होटल व्यवसायी संघ तनहुँको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
संघका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा उक्त अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रम प्रमुख अतिथि होटल व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष हिराध्वज शाह रहेका थिए । सो अवसरमा प्रमुख अतिथि शाहले सम्पुर्ण होटेल व्यवसायी एक भएर लाग्नुपर्ने बताए ।
कुनै एक व्यवसायीलाई पीर मर्कामा पर्दा सबै होस्टेमा हैस्य गरि एक भएर अघि बढ्नुपर्ने शाहले बताए । होटल व्यवसायीलाई तहगत रुपमा तालिम दिईने उनले बताए । अब होटल व्यवसायी संघ अब संगठन विस्तार गरि शान्तिसुरक्षामा जोड दिने उनले बताए ।
संघको अध्यक्षमा भट्टराई
होटल व्यवसायी संघ तनहुँको मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा दुर्गा विलास भट्टराई चयन भएका छन् ।
त्यस्तै संघको उपाध्यक्षमा राम बहादुर आले, गिरि बहादुर थापा, मिना कुमारी श्रेष्ठ, सचिवमा सोम थापा मगर, सहसचिवमा विनोद कुमार मल्ल, कोषाध्यक्षमा भिमलाल श्रेष्ठ र सह कोषाध्यक्षमा संगीता उच्चै ठकुरी चयन भएका छ्न ।

त्यस्तै संघको सदस्यहरुमा भिम मल्ल ठकुरी, उमानाथ भट्टराई, लोकराज पन्थ, सुर्य तिमल्सिना, विवेक सापकोटा, रोशन बानिया, दिपक राई, धनमाया आले, रामकुमार मल्ल, देवनारायण श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ, चन्द्र कुमार वाग्ले, थान बहादुर थापा, विर बहादुर श्रेष्ठ, सन्त बहादुर थापा, लोक नारायण श्रेष्ठ र कमलचन्द्र लम्साल चयन भएका छन् ।
कार्यक्रममा संघका सल्लाहकार सुजित हिराचन, होटल व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष अमृत भुजेल, होटल व्यवसायी महासंघमा उपाध्यक्ष, केपि शर्मा लगाएतले होटल व्यवसायी संघले स्थापना देखी नै व्यवसायीका हकहितमा लागेको बताए ।
कार्यक्रममा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका औद्योगिक तथा पर्यटन महाशाखा प्रमुख दिल्लीराम रिजाल, खाद्य गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि समुन्द्र गोदार, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, संघका निवर्तमान अध्यक्ष दिनेश खनाल लगाएतले मन्तव्य राखेका थिए ।
संस्थाका संस्थापक सदस्यहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संघका सचिव दुर्गाविलास भट्टराईले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला