‘लाइभ इन गोरखा’ कन्सर्टमा झुमे गोर्खाली

‘लाइभ इन गोरखा’ कन्सर्टमा झुमे गोर्खाली

karna das (1)

आशिष पुरी, गोरखा । नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरी गोरखा सदरमुकाममा लाइभ इन गोरखा कन्सर्ट भयो । कालिका सांस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ गोरखाको सह–आयोजनामा भएको कार्यक्रममा गोर्खालीहरु गीतसंगीतमा झुमे ।

हरमटारी खेलमैदानमा भएको कार्यक्रममा गायक कर्णदासको बिशेष प्रस्तुति रहेको थियो । उनले आफ्ना चर्चित गीतहरु गाउँदा दर्शक दीर्घाबाट उत्तिकै साथ मिलेको थियो । कार्यक्रममा द नेपालय ब्याण्ड चितवन, द गोरखा फ्यूजन, गोरखा मल्टिट्यालेन्ट ग्रुप, द डिस्ट्रक्सन ब्याण्ड र म्युजिकल मन्त्र ब्याण्डको प्रस्तुति रहेको कार्यक्रम व्यवसथपक सौरभ थापाले जानकारी दिए ।

केन्द्रका बिक्रम तामाङका अनुसार कार्यक्रममा करिब एक हजार जनाको उपस्थिति रहेको थियो । टिकट दर ५ सय रुपैंया तोएिको थियो । कार्यक्रमबाट संकलित रकमको २० प्रतिशत दारी ग्याङ गोरखा मार्फत सामाजिक कार्यमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds