गोरखा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनसँग जोडिएका गोरखाका दुई नाकाबाट आवतजावत बन्द गरिएको छ ।
उत्तरी क्षेत्रको सामागाउँ र छेकम्पारमा चीनसँग जोडिएको नाकाबाट आउजाउ गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
‘चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण यता पनि आउन सक्छ,’ उनले भने, ‘त्यही संक्रमण नफैलिओस् भनेर केही दिनका लागि सामागाउँ र छेकम्पारको नाका बन्द गरेका हौ ।’
उनका अनुसार सीमा क्षेत्र तिब्बतका मानिस नेपाल र नेपालका मानिस तिब्बत आउजाउ गर्न निषेध गरिएको छ । ‘त्यो हाम्रो औपचारिक नाका नभएकाले समकक्षीसँग समन्वय गरेका छैनौं, स्थानीय तहसँग समन्वय गरेर हामी आफैंले नाकामा कडाइ गरेका हौ, तर चाइनाले पनि बोर्डरमा मानिसहरु आउजाउ गर्न टाइट गरिरहेको छ,’ उनले भने ।
कोही मानिस आउजाउ गरेको भेटिएमा स्वास्थ्य परीक्षण गरेर बाँकी निर्णय गरिने उनको भनाइ छ ।
नाकामा मानिसको आउजाउ बन्द गर्न सीमाका प्रहरी युनिटलाई पत्राचार गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
छेकम्पार, सामागाउँ र लार्केस्थित प्रहरी चौकीलाई सोमबार पत्राचार गरिएको उनले जानकारी दिए । अन्य नाकाभन्दा छेकम्पार नाकामा मानिसको आउजाउ बढी हुने उनको भनाइ छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा