हरि बास्तोला, रासस । पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४ सय २० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८ सय ४७ जना कैदीबन्दी रहँदा उनीहरुलाई असहज भएको छ ।
जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा एक आश्रित नाबालकसहित ६० महिला र ७ सय ८६ पुरुष रहेका छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २ सय ३६ र कैदी पुरुष ५ सय ५० रहेका छन् ।कारागारले विभिन्न तीनवटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमशः ३ सय १७ र ४ सय ११ जना रहेका छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीको सङ्ख्या रहेको उनले जानकारी दिए । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि रहेका छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।
कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा एक हजार ५३० पुस्तक छन् भने ‘ख’ माएक हजार ५ सय पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक रु ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी रु ५०.५२ मा ७ सय ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि रु १२ लाख विनियोजन गर्दै आएको छ ।
कैदीबन्दीका अनुसारको पूर्वाधारको व्यवस्था नभएको बताउँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उनले उनीहरुले उत्पादन गर्ने मुढा, झोला तथा भाङ्ग्राले श्रम अनुसारको मूल्य पाउन नसकेको बताए ।
कैदीबन्दीको सङ्ख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि तीनदेखि पाँच सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । कारागारमा हाल एक दर्जन ज्येष्ठ नागरिकसमेत रहेका छन् । यस बीचमा महिला ब्लकमा विद्युत् वायरिङ, भान्छा कोठा निर्माण, तत्काल ध्यान प्रशासनिक भवन नहुँदा जस्ताको छानामुनि सामान्य ट्रस्ट निर्माण गरिएको छ । कारागारभित्रै कतिपयले उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उनले मुढा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताए ।
सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार (शौचालय, धारा) आदिको समस्या रहँदै आएको उनको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्यमा पनि ध्यान दिएको बताउँदै उनले यही वर्ष भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । प्रशासनले प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गर्दै आएको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २ सय २८ रहेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’