ललितपुर । ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ ।
कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।
नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा सम्पन्न कार्यक्रमको उद्धेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम संयोजक पूनम थापा सारुले बताइन ।
कार्यक्रममा ललितपुरका स्थानिय ट्याटू कलाकारहरुले भाग लिएका छन् ।

कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने सनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुती दिएका थिए।
कार्यक्रमको फोटोग्राफी भिडियोग्राफी म्याच बक्स प्रोडक्सनले गरेको छ ।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, औरा मोशन पिक्चर, आइडियल कन्स्ट्रक्सन, धुलिखेल जिपलाइन, मदानी क्रीएसन, भोग एड्भटिजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी साथ दिएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्