सबिन राइको कन्सर्ट सहित टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सम्पन्न

सबिन राइको कन्सर्ट सहित टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सम्पन्न

received_2798122596969680

ललितपुर । ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको दुई दिने ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ सम्पन्न भएको छ ।

कार्यक्रममा ५५ जनाले ट्याटू खोपाएको र करिब दुई सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुरमा सम्पन्न कार्यक्रमको उद्धेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम संयोजक पूनम थापा सारुले बताइन ।

कार्यक्रममा ललितपुरका स्थानिय ट्याटू कलाकारहरुले भाग लिएका छन् ।

कार्यक्रममा यामन ब्याण्ड, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका थिए भने सनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुती दिएका थिए।

कार्यक्रमको फोटोग्राफी भिडियोग्राफी म्याच बक्स प्रोडक्सनले गरेको छ ।

टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, औरा मोशन पिक्चर, आइडियल कन्स्ट्रक्सन, धुलिखेल जिपलाइन, मदानी क्रीएसन, भोग एड्भटिजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी साथ दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds